Rule 27
निजी क्षेत्रका बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
निजी क्षेत्रका बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछः–
(क) समितिले स्वीकृत गरे बमोजिमको सेवा शुल्क लिई बीउ बिजनका नमूनाहरू परीक्षण गर्ने ।
(ख) परीक्षणको नतिजा अनुसूची–१४ बमोजिमको ढाँचामा सम्बन्धित पक्षलाई उपलब्ध गराउने ।
(ग) प्रयोगशालामा प्राप्त नमूना मध्ये कम्तीमा दश प्रतिशत नमूनाहरू केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालामा परीक्षणका लागि पठाउने ।
(घ) केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाले पठाएको मध्यस्थ नमूना परीक्षण गरी प्रतिवेदन पठाउने ।
(ङ) केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाबाट प्राप्त प्राविधिक विषयको सुझाव तथा निर्देशन कार्यान्वयन गर्ने गराउने ।
(च) गार्ड स्याम्पल परीक्षण पश्चात कम्तीमा एक वर्षसम्म बीउको गुणस्तर कायम रहने गरी सुरक्षित साथ भण्डार गर्ने ।
(छ) बीउ बिजन परीक्षण प्रयोगशाला सञ्चालनको सम्बन्धमा अनुमतिपत्रमा तोके बमोजिमको शर्तहरू पालना गर्ने ।
(ज) समिति र केन्द्रले दिएका सुझाव तथा निर्देशनहरू कार्यान्वयन गर्ने, गराउने ।